अन्तर बैंक एटिएम र अनलाईन ट्रान्सफर निशुल्क
काठमाडौं। कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भएका छन्। बैंकका काउन्टरहरुमा सर्वसाधारणको भिड कम गर्नका बैंकहरुले एटिएमका साथै, ई–पेमेन्ट, मोवाईल बैंकिङलगायतका विद्युतिय माध्यमबाट हुने कारोबार निशुल्क बनाएका हुन्।
यसअघि एउटा बैंककाे ग्राहकले अर्काे बैंककाे एटीएम काउन्टरबाट निश्चित शुल्ल लाग्ने गरेकाे थियाे। कोरोना भाइसरको संक्रमणबाट बैंकिङ क्षेत्रमा पार्ने प्रभावबारे शुक्रबार विहान कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकर्सहरुसँग छलफल गरेका थिए। छलफलमा बैकर्सहरुले विद्युतीय कारोबार निःशुल्क बनाइएको जानकारी दिए।
नेपाल बैकर्स संघले समेत एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर, एक बैंकका ग्राहकले अर्को बैंकको एटिएम काउन्टर प्रयोग निशुल्क बनाउने निर्णय गरेको हो।
डिजिटल कारोबारले बैंकका काउन्टरमा हुने भिडभाड कम गर्न मद्दत पुग्ने बैंकर्सहरुले बताएका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि एक महिनाका लागि डिजिटल कारोबार निशुल्क गरेको छ।
बैंकहरुले सेवा लिन आउने ग्राहकलाई स्यानिटाइजरको व्यवस्था गर्दै आएका थिए। राष्ट्र बैंकले पनि कर्मचारी र ग्राहकलाई स्यानिटाइजर र मास्कको व्यवस्था गर्न तथा ज्वरो नाप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
अहिले बैंकको कारोबार नियमित रुपमा नै संचालन गर्ने र सरकारले सबै क्षेत्र बन्द गरेपछि मात्र बैंकको सेवाबारे थप निर्णय गर्ने विषयमा समेत राष्ट्र बैंकमा छलफल भएको छ।
ई-सेवा बाट पनि निशुल्क
ई-सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ। इसेवाले बिहीबार रातिदेखि अप्रिल ३० सम्मका लागि लागू हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो। इसेवा मार्फत इ-सेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्कसेवा रहेकोमाअब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो।
इसेवाका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटाले बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका जानकारी दिए।
ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ई-सेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।







डिसी नेपाल








Facebook Comment