टोकियो ओलम्पिक स्थगित गनुपर्छः जेओसी सदस्य

डिसी नेपाल
७ चैत २०७६ १६:४८

काठमाडौं । जापान ओलम्पिक कमिटीका एक सदस्य काओरी यामाचुगिले कोरोना भाईरसको बढदो संक्रमणका कारण जापान ओलम्पिक स्थगित गनुपर्ने बताएका छन ।

जापानी सञ्चार माध्यमले जनाए अनुसार काओरीले २७ मार्चमा जापान ओलम्पिक कमिटीको बैठकमा सो कुराको बारेमा आवाज उठाउने बताएको छ । उनले भनिन मैले युरोप र अमेरिका बाट आउने हरेक खबरहरु बाट नजिक रहेको छु, जस्को कारणले गर्दा खेलाडीहरुले सामान्य अभ्यास सम्म पनि गर्न पाएका छैनन् । यस अघि जापान सरकारका मुख्य क्याबिनेट सचिव योशीहिदे सुगाले संसदमा निर्धारित समय अनुसार नै ओलम्पिक हुने र सरकारले आप्नो तर्फबाट तयारी गरिरहेको बताएका थिए ।

विश्वभरि विभिन्न खेल प्रतियोगिताहरु रद्ध भएको अवस्थामा ओलम्पिक छनौट खेलहरु पनि प्रभावित भईरहेको छ। आईओसीका एक सदस्यले पनि अहिलेको अवस्थामा ओलम्पिक गराउनु भनेको गैर जिम्मेवारी हुने र आईओसीको यो कदमले खेलाडीहरुलाई खतरा हुन सक्ने बताएका छन् । कोरोनाभाइरसको कारणले ओलम्पिक छनौटका विभिन्न्न चरणका खेलहरु रद्ध तथा स्थगित भएका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.