तीन दिनदेखि हराएका ८ वर्षीय बालक मृतावस्थामा

डिसी नेपाल
७ चैत २०७६ २०:११

राँझा । तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृतावस्थामा फेला परेका छन् ।

गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज घर नजीकैको नालाको डिलमा मृतावस्थामा फेला परेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिए ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा शुक्रबार बिहान १०ः१५ बजे शव फेला परेको उनले बताए । तीन दिनअघि हराएका बालकको खोजी भइरहेको थियो । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.