नयाँ बसर्पाकबाट छुट्ने यात्रुलाई निःशुल्क मास्क वितरण

डिसी नेपाल
८ चैत २०७६ २०:०३

काठमाडौं । काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ ।

भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताए ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घरजानेको संख्या बढेको हो । भिडभाडमा नजान सरकारले आग्रह गरेपनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ । शनिवार साँझ सम्म करिब १ लाख ५० हजार मानिसहरुले उपत्यका छाडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.