आफ्नै घरले किचेर वृद्धको मृत्यु

डिसी नेपाल
८ चैत २०७६ २२:१२

हेटौँडा । मकवानपुरमा घर भत्काउने क्रममा आफ्नै पुरानो घरले किचिएर एक वृद्धको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पुरानो घरको ब्लकले किचेर ७३ वर्षीय पञ्चबहादुर दोङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्लकको गारो भएको आफ्नै पुरानो घर भत्काउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार झ्याल ढोका तथा चौकोस निकाली सकिएको पुरानो घरबाट ब्लक निकाल्ने क्रममा उनलाई ब्लकले किचेको थियो । घटनास्थलमै मृत्यु भएका दोङ्गको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.