निर्भयाका दोषी ६ जना थिए, ४ जनालाई फाँसी दिइयो, बाँकी २ जना खोइ ?

डिसी नेपाल
९ चैत २०७६ १३:१४

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीको बहुचर्चित निर्भया काण्डका ४ जना दोषीहरुलाई शुक्रबार बिहान साढे ५ बजे उनीहरुलाई फाँसी दिइयो । तर, जब यो मुद्दा सुरु भएको थियो त्यतिबेला अदालतले ६ जनालाई दोषी ठहर गरेको थियो । अहिले ४ जनालाई मात्र फाँसी दिइँदा बाँकी दुई जना कहाँ गए भन्ने प्रश्न धेरैको मनमा उब्जििएको हुन सक्छ । बाँकी २ जना अहिले जेलमा पनि छैनन् ।

यो मुद्दामा अदालतले ३३ वर्षका राम सिंहलाई पनि दोषी ठहर गरेको थियो । २०१२ मा पक्राउ परेका राम सिंहले २०१३ मै लज्जाबोधका कारण तिहाड जेलमै आत्महत्या गरेका थिए । राम सिंह त्यो बसका ड्राइभर थिए जुन बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए । राम सिंह दिल्लीको रविदास क्याम्पमा बस्थे ।

यो मुद्दामा अदालतले १७ वर्षका अर्का नाबालिगलाई पनि दोषी ठहर गरेको थियो । निर्भयामाथि सबैभन्दा अत्याचार र क्रुरता यिनै नाबालिगले गरेको मानिन्छ । तर, १८ वर्षभन्दा कम उमेर भएका कारण उनलाई फाँसीको सजाय दिइएन । उनलाई ३ वर्षसम्म बाल सुधार केन्द्रमा राखियो र सजाय पूरा भएपछि उनलाई अज्ञात ठाउँमा पठाइयो ताकि त्यहाँ उनी सुरक्षित रहन सकुन् । उनी कहाँ छन् भन्ने अहिले सीमित व्यक्तिहरु बाहेक अरु कसैलाई थाहा छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.