मस्र्याङ्दीमा बस खस्यो, ३ जनाको मृत्यु ७ जना गम्भिर

डिसी नेपाल
९ चैत २०७६ १९:५८

काठमाडौं । आबुखैरेनी स्थित मस्र्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ४२९४ नं.को बस आइतबार साँझ करिव ६ः३० बजे दुर्घटनाग्रस्त भएको हो ।

घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइतेहरुको चितवन मेडिकल कलेज र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको निरिक्षक सुवेदीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.