गोदावरीमा शंकास्पद वस्तु विस्फोट, १ जनाको मृत्यु

डिसी नेपाल
१० चैत २०७६ ६:४६

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा शंकास्पद वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विकको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलमा भेटिएको पित्तल जस्तो देखिने वस्तु घरमा ल्याएर तताउँदा विस्फोट भएर विकको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.