भारतीयहरुले ‘लकडाउन’लाई गम्भीरतामा साथ नलिएपछि मोदीलाई चिन्ता

डिसी नेपाल
१० चैत २०७६ १०:४२

काठमाडौं। भारतीय नागरिकले ‘लकडाउन’लाई गम्भीरताका साथ नलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । कोरोनाभाइरस प्रकोप फैलिन नदिन भारतका अधिकांश ठाउँ लकडाउन गरिएको छ तर भारतीयहरुले यसलाई गम्भीरताका साथ नलिएको भन्दै प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गरेका हुन् । मोदीले ट्वीट गर्दै लकडाउनलाई गम्भीरताका साथ लिन, आफू र परिवारलाई बचाउन आग्रह गरेका छन् ।

मोदीले ट्वीटमा लेखेका छन् ‘लकडाउनलाई अहिले पनि कैयौं मानिसहरुले गम्भीरताका साथ लिइरहेका छैनन् । कृपया आफूलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् । निर्देशनलाई गम्भीरताका साथ पालन गर्नुस् । राज्य सरकारहरुसँग मेरो आग्रह छ कि नियम र कानुनको पालना गराउनुस् । भारतमा कोरोनाभाइरसबाट मारिनेको संख्या ७ पुगिसकेको छ र ३९६ जना संक्रमित भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.