सीमा नाकामा अलपत्र परेका नेपालीलाई आउन दिने सरकारको निर्णय

डिसी नेपाल
१० चैत २०७६ १८:५८

काठमाडौं ।सरकारले सीमानामा अलपत्र परेका नेपालीलाई आउन दिने भएको छ । भारततर्फका सम्पूर्ण सीमा नाका बन्द गर्दा भारतबाट नेपाल आउन लागेको हजारौं यात्रु अलपत्र परेका थिए । अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।

सीमा नाका बन्द गरेपनि भारतबाट नेपाल भित्रिनेको संख्यामा कमि आएको छैन । भारतबाट नेपाल आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा राखिने छ । सम्बन्धि जिल्लाको प्रमुख जिल्ला अधिकारीले होम क्वारेन्टाइनको निगरानी गर्ने छन् ।

कारोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिका अनुसार नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर मात्र नेपाल आउने दिइने छ ।

गतवर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहान प्रन्तमाबाट फैलिएको कोरोनाभाइसर नेपालमा १ जनामा देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.