कोरोनापछि चीनमा हान्ता भाइरसबाट एकजनाको मृत्यु

डिसी नेपाल
११ चैत २०७६ २०:०१
48
Shares

बेइजिंग (एजेन्सी)। कोरोना भाइरसको प्रकोप विश्वव्यापी महामारीका रुपमा फैलिएको बेला चीनमा हान्ता नामको भाइरसबाट एकजनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनको युनान प्रान्तमा एकजनाको मृत्यु हान्ता नामको भाइरसका कारण भएको छ।

मृतक व्यक्ति एक बसमा सवार रहेको जनाइएको छ। ती व्यक्तिको मृत्युपछि बसमा रहेका अन्य ३२ जनाको पनि स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। तर, ती अन्य मानिसहरुमा सो भाइरस भएको वा नभएको भन्ने विषयमा भने केही खुलाइएको छैन।

समाचार अनुसार हान्ता भाइरस विभिन्न भाइरसहरुको समूह हो। यो मुसा प्रजातिमा रहन्छ। तर, मुसालाई भने यो भाइरसले कुनै नोक्शान गर्दैन। तर, मानिसहरुका लागि घातक हुन्छ।

यो भाइरसका कारण रक्तश्राव हुने, ज्वरो आउने, स्वासप्रस्वासमा समस्या हुने जस्ता समस्या हुन्छन्। यो भाइरस संसारमा धेरे पहिलदेखि रहेको बताइन्छ। एशिया तथा अफ्रिकामा यो भाइरसलाई पुरानो हान्ता भाइरस भनिन्छ भने अमेरिकामा नयाँ हान्ता भाइरस भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.