बाटोखन्ने क्रममा ढुङ्गा पल्टिदा एक जना घाइते, ‘बि पोजेटिभ’ रगतको आवश्यकता

डिसी नेपाल
११ चैत २०७६ २१:०८

ठाटीकाँध । ठाटीकाँध गाउँपालिका ६ डिम्रेखोलामा सडक खन्ने क्रममा ढुङ्गा पल्टीदा १ जना शक्त घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका ६ का पुरबहादुर थापा रहेको छन् ।

घाइते थापाको देब्रे हात र देब्रे खुट्टामा गम्भिर चोट लागेको छ । अहिले उनलाई उपचारका लागि विरेन्द्रनगर स्थित देउति हस्पिटलमा ल्याइएको छ ।

खुट्टा र हातमा गम्भिर चोट लागेका कारण अप्रेसन गर्नु पर्ने भएकाले ‘बि पोजेटिभ’ रगतको आवश्यकता परेको अस्पतालले जनाएको । ‘बि पोजेटिभ’ रगत दान गर्न चाहानेले ९८५८०५१४७८ सम्पर्क गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.