मलेसियामा थप २ हप्तासम्मका लागि लकडाउनको अवधि लम्ब्याइयो
काठमाण्डौ । मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ तारिखसम्म ‘लकडाउन’ थपेको हो । यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।
मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताउनुभएको छ । प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गरेका छन् ।
मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् ।







डिसी नेपाल








Facebook Comment