रुसी महिला खेलाडीले मास्कको बिकनी लगाएर गरिन लाजमर्दो काम

डिसी नेपाल
१८ चैत २०७६ ९:२५
4
Shares

काठमाडौं । कोरोनाका कारण अहिले सम्पूर्ण विश्व समस्या परेको छ । अहिले सम्म विश्वभरी कोरोनाको कारण करिब ३७ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाईसकेका छन । अहिलेको अप्ठ्यारो परिस्थितिमा सबै देशका खेलाडीहरुले आ–आफ्नो सरकारसंग मद्दत लिई रहेका छन तर एक रुसी एथ्लेटिक्स खेलाडीले मद्दत हैन सोसल मिडीयामा घिनलाग्दो काम गरेर चर्चामा आएकी छिन ।

यूलिया उषाकोवा नाम गरेकी रुसी फिटनेस मोडलले इंस्टाग्राम पेजमा एक फोटो पोस्ट गरेकी छन जुन फोटोमा उनले मुखमा लगाउने मास्कको बिकनी बनाएर लगाएकी छिन । उषाकोवाले उक्त मास्कको बिकनीलाई २०२० नया ट्रेण्ड बताएकी छिन साथै आफ्नो करिब ५ लाख भन्दा बढी फ्लोअर्स रहेको इंस्टाग्राम पेजमा उनले आफ्नो फ्यान हरुलाई यो बिकनी कस्तो रहेको छ भनेर प्रश्न गरेकी छिन ।

यूलियाको फ्यान हरुलाई उनको यो लाजमर्दो काम कति मन परेको छैन । एक फ्यानले उनको प्रश्नको जवाफ दिदै भने ः यूलिया तपाईंले दिमाग पनि अर्डर गर्नु पर्छ, देशमा मास्कको अनिकाल पर्दै गएको अबस्थामा यस्तो लाजमर्दो काम गर्न तपाईलाई अलिकति पनी लाज लागेन ?

यूलिया बिबादमा आएको यो पहिलो पटक भने हैन, २०१८ मा पनी उनी मस्को हक्की क्लब संग टिभी प्रस्तोताको रुपमा काम गर्दा लिंगभेदको आरोप लगाएर बिबादमा आएकी थिईन । उनी चर्चित शारिरीक सुगठन प्रतियोगिता अर्नोल्ड क्लासिकको विजेता रहेकी छिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.