नेपाली गोल्फ महिला प्लेयर प्रतिमा शेर्पा फोर्ब्सको अन्डर ३० मा

डिसी नेपाल
२० चैत २०७६ १२:४०

काठमाडौं । नेपाली गोल्फ प्लेयर प्रतिमा शेर्पालाई फोर्ब्स अन्डर ३० अन्तर्गत एसिया खेलकुद मनोरञ्जन कोटामा सुचिबद्ध गरिएको छ । २० वर्षीया प्रतिमा नेपालकी पहिलो महिला गल्फ खेलाडी हुन् ।

उनी रोयल नेपाल गल्फ क्लबको गल्फकोर्स नजिकैको सुरक्षा पोस्टमा हुर्किएकी हुन्। उनका बाबु पासाङ शेर्पा सुरक्षा गार्ड र आमा कल्पना शेर्पा चौरको मर्मतसम्भार गर्ने काम गर्दछिन्। नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने र ओलम्पिकसम्म जाने प्रतिमा शेर्पाको सपना छ ।

११ बर्षको उमेरदेखि नै गल्फ खेल्न सुरु गरेकि प्रतिमाले भने अहिले २० बर्षकी भईन । यसवीच उनले धेरै उपाधीहरु हासिल गर्न सफल भएकी छिन । घरेलु प्रतियोगिताहरुमा दिँदै आएको उत्कृष्ट प्रदर्शन र विश्वव्यापी रुपमा पाएको सफलताले प्रतिमा अघिल्लो वर्षभरि नै चर्चामा रहिन ।
आज तिनै प्रतिमा फोर्ब्स अन्डर ३० अन्तर्गत एसिया खेलकुद मनोरञ्जन कोटामा सुचिबद्ध भएकी छिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.