टोकियो ओलम्पिकको स्थगनले चीनलाई समस्या
काठमाडौं । टोकियो २०२० ओलम्पिक एक बर्षको लागि स्थगित भएपछि बेइजिङ शीतकालीन ओलम्पिक २०२२ का आयोजक हरूका लागि अप्ठ्यारो अवस्था सिर्जना भएको छ किनकि यी दुई महत्त्वपूर्ण प्रतियोगिताको ६ महिनाको अन्तरालमा हुने भएको छ ।
टोकियो ओलम्पिक कोरोना भाइरस महामारीको कारण एक बर्षको लागि स्थगित गर्दै जुलाई २३ देखि ८ अगस्ट सम्म २०२१ मा आयोजना हुने भएको छ ।
बेइजिङ शीतकालीन ओलम्पिक खेल फेब्रुअरी २०२२ देखि आयोजना हुने भएको हुदा लगातार दुई ओलम्पिक आयोजना गर्नु एक असाधारण चुनौतीहुने भएको छ ।
बेइजिङ ओलम्पिक २०२२ का एक अधिकारीले सिन्हुआ समाचार एजेन्सीलाई भने – टोकियो ओलम्पिक र प्याराओलम्पिक खेलहरूको नयाँ मिति सार्वजनिक गर्नुको अर्थ यो हो कि हामीले एउटा विशेष परिस्थिति सामना गर्नुपर्नेछ किनभने ग्रीष्मकालीन र शीतकालीन ओलम्पिक ६–६ महिनामा आयोजना हुने भएको छ ।
उनले भने हामी टोकियो २०२१ को नयाँ मितिले बेइजिङ २०२२ लाई कसरी असर गर्नेछ भन्ने बारे हामी गहन विश्लेषण गर्नेछौं।
यस बीचमा हामी आईओसी (अन्तर्राष्ट्रिय ओलम्पिक समिति) र ओलम्पिक परिवारसँग सम्पर्कमा रहनेछौं र यस अवस्थालाई राम्रोसँग सामना गर्न र सबै प्रकारका तयारीहरू अगाडि बढाउन छलफल गर्नेछौ ।
चीन गत डिसेम्बरमा कोरोना भाइरसको केन्द्रबिन्दु भएपनी उसले हिउँदे ओलम्पिक २०२२ को तयारी तालिका अनुसार गरिरहेको छ। बेइजिङ ग्रीष्मकालीन ओलम्पिक र शीतकालीन ओलम्पिक आयोजना गर्ने पहिलो शहर पनि हुनेछ। चीनले २००८ मा सफलता पूर्वक ओलम्पिक आयोजना गरेको थियो ।







डिसी नेपाल








Facebook Comment