न्युजिल्याण्डका क्रिकेटर डानियल फ्लिनले लिए सन्यास

डिसी नेपाल
२० चैत २०७६ १६:३०

एजेन्सी । न्युजिल्याण्डका पूर्व क्रिकेटर डानियल फ्लिनले क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।न्युजिल्याण्डका पूर्व ओपनर डानियलले १६ वर्षे क्रिकेट जीवनबाट बिहिबार सन्यास लिएका हुन् ।

उनले न्युजिल्याण्डका लागि २४ टेष्ट, २० एकदिवसीय र ५ टी-ट्वान्टी खेलेका छन् । जसमा कुल १३ सय २५ रन बनाएका छन् ।

३४ वर्षीय डानियलले नर्दन जिल्लाबाट घरेलु प्रतियोगिता खेल्दै आएका थिए । उनले १०० फस्ट क्लास क्रिकेटमा २० शतक बनाएका छन् । उनले ७२ खेलमा कप्तानी समेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.