पोखरामा कोरोनाको पोजेटिभ केस छैन : प्रवक्ता देवकोटा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पोखरामा एउटा पनि कोरोनाको ‘एक्टिभ केस’ फेला नपरेको बताएका छन् । मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको प्रष्ट पारेका हुन् ।
प्रवक्ता देवकोटाले भने, ‘विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आए पनि पोखरामा कुनै पनि केस पुष्टि भएको छैन।’
उनले सबै प्रदेशमा मेसिनहरु गएको र परीक्षण पनि सुरु भइसकेको बताउदँदै ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने बताए। उनले भने, ‘हामीले नूमना पुनः परीक्षण गर्नु पर्छ । त्यसैले अहिलेसम्म पोखरामा कसैमा पनि कोरोना पोजेटिभ छैन’ ।
देवकोटाले केही शंकास्पद केसको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे। ‘नयाँ मेसिन सेटअप भएकाले केही नमुना पुनः परीक्षण गर्नुपर्ने हुन्छ’ ।







डिसी नेपाल








Facebook Comment