कोरोना संक्रमण बढन थालेपछि र्यापिड टेष्ट गर्ने सरकारकाे निर्णय
काठमाडौं । सरकारले कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेका जिल्लाहरु कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको शनिबार बसेको बैकका निर्णय सार्वजनिक गर्दै तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।
काेराेनाभाइरसबाट नेपालमा ९ जना संक्रमित भइसकेका छन् । शनिबार मात्र ३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे थियाे ।
भारतकाे उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षिया पुरूष १, मुम्बइबाट आएका कैलालीका २१ वर्षीया पुरूष १ र कैलालीमा यसभन्दा पहिला दुबइबाट आइ संक्रमित भएका पुरूषका आफन्त ३४ वर्षीया महिलामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।
काेराेनाकाे संक्रमण बढ्न थाले पछि सरकारले लकडाउनमा पनि कडाइ गर्ने निर्णय गरेकाे छ । जस अर्न्तगत एक स्थानीय तहबाट अर्काेमा जान समेत राेक लगाइएकाे छ ।







डिसी नेपाल








Facebook Comment