स्वास्थ्यकर्मीलाई सुरक्षाको उचित व्यवस्था गर्ने सरकारको निर्णय

डिसी नेपाल
२२ चैत २०७६ २०:४८

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउने काम गर्ने जो कोहीलाई पनि कारवाही गर्ने भएको छ । मन्त्रीपरिषदको शनिबारको बैठकले कोरोना महामारी फैलिरहेकाबेला स्वास्थ्यकर्मीलाई सुरक्षाको उचित व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

डा. खतिवडाका अनुसार स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासंभव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, सजायँ निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्था अनुसार सरकारले रविन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गर्ने गरेको छ ।

अपराध पिडित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकर कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.