श्रीलंकाका जेलबाट झण्डै तीन हजार रिहा

डिसी नेपाल
२३ चैत २०७६ १७:२२

कोलम्बो । कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कफ्र्यू लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १६६ जना संक्रमित भएका छन् भने अरु पाँच जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत मार्च १७ देखि अहिलेसम्म जेलमुक्त हुनेमा दुई हजार ९६१ जना रहेका छन् । श्रीलंकाका अधिकांश कारागारमा वास्तविक क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएकाले रिहा गरेर कटौती गरिएको अधिकारीहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.