कर्फ्यू अवज्ञा गर्ने सर्बियाका फुटबलर जेल चलान

डिसी नेपाल
२३ चैत २०७६ २०:१४

काठमाडौं । सर्बियाका फुटबल खेलाडी अलेक्ज्याण्डर प्रिजोविचलाई कोरोना भाइरस संक्रमण रोकथामको लागी जारी गरिएका कर्फ्यू नियम उल्लघंन गरेको आरोपमा तीन महिनाको जेल सजाय सुनाइएको छ। साउदी अरेबियाको अल–इतिहाद क्लबका लागि खेलिरहेका २९ वर्षीय स्ट्राइकरले शनिबार भिडियो कन्फरेन्स मार्फत गरिएको सुनुवाइमा आफ्नो अपराध स्वीकार गरेका थिए ।

शुक्रबार एउटा होटलको बारमा भेला भएर लकडाउनको नियम उल्लघंन गरेको आरोपमा पुलिसले प्रिजोविच सहित अन्य १९ जनालाई पक्राउ गरेको थियो । सर्बिया सरकारले बेलुका ५ देखी बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । प्रिजोविच घरमा बस्नको लागि आदेश उल्लंघन गर्ने सर्बियाका दोस्रो खेलाडी हुन् । यसअघि रियल म्याड्रिडका स्ट्राइकर लुका जोविचले पनि गत महिना यो नियम उल्लघंन गरको थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.