संघीय सचिवालयबाट कोरोना कोषमा १ करोड रकम जम्मा

डिसी नेपाल
२५ चैत २०७६ १७:४८

काठमाडौं । संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा पहिलो चरणमा मंगलबार १ करोड बढि रकम जम्मा गरेको छ ।

सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत मंगलबार १ करोड १ लाख ३२ हजार ८ सय रुपैंया कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार मंगलबार पठाईएको रकम प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको हो ।

यस्तै नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदाकनको रकम पनि पठाईएको प्रमुख सिग्देलले बताए ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार बाँकि सांसदहरुले कोषमा गर्नुभएको राहत रकम भने अर्को महिना जम्मा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.