कोरोनाभाइरसलाई जितेर फर्केकी कनिका कपूरको संकट घटेन
काठमाडौं। बलिउड अभिनेत्री कनिका कपूर कोरोनाभाइरसलाई जितेर स्वस्थ भइ घर फर्किएकी छिन् तर उनीमाथिको संकट भने घटेको छैन । अस्पतालबाट डिस्चार्ज भएकी कनिका अहिले १४ दिनको होम क्वारेन्टाइनमा छिन् । १४ दिनको क्वारेन्टाइन अवधि समाप्त भएपछि उनीमाथि जानीजानी कोरोनाभाइरस फैलाएको आरोपमाथि अनुसन्धान सुरु हुनेछ । यसका लागि लखनउ पुलिसले सोधपुछको तयारी गरेको छ । कनिकाविरुद्ध भाइरस फैलाएको अभियोगमा भारतीय दण्ड विधानको धारा २६९–२७० अन्तर्गत केस दर्ता गरिएको छ ।
कनिकाले आफू संक्रमित भएको पुष्टि हुनुअघि नै आफूमा लक्षण देखिएको इन्स्टाग्राममा बताउकी थिइन् तर पछि त्यो पोस्ट डिलिट गरेकी थिइन् । ‘विमानस्थलमा मेरो १० दिन पहिले सामान्य प्रक्रियामा जाँच भएको थियो । जब म घर आएँ ४ दिन पहिले मलाई लक्षण महसुस भए । अहिले म ठिक छु’ कनिकाले लखेकी थिइन् । यो पोस्ट पछि डिलिट गरेकी कनिकामाथि यही कारण लापरवाही गरेको आरोप लगाइएको छ । यो अवधिमा कनिका कैयौं पार्टीमा पनि गएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment