बाैद्ध क्षेत्रका २ सय विपन्न परिवारलाई राहत वितरण

डिसी नेपाल
२८ चैत २०७६ १९:१५

काठमाडौं । बुद्ध वचन अनुवाद समिति नेपालले बौद्ध तथा त्यस आसपास क्षेत्रका करिब २ सय विपन्न परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण काम नपाएर जीवन निर्वाह गर्न कठिन भएका ती परिवारलाई समितिले चामल, दाल, तेल, चिनी र नुनजस्ता खाद्य सामग्री गरी २० किलो खाद्य सामग्री उपलब्ध प्रदान गरेको छ ।

समितिले दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी उनीहरुको अवस्था बुझेर राहतस्वरुप खाद्य वस्तु उपलब्ध गराएको हो ।

यही चैत १७ गते काठमाडौँ महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यन्वयन हुन नसकेका कारण विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।

महानगरपालिकाले नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरेको जनाएको छ ।

यही चैत २१ गतेदेखि राहत वितरण शुरु गरेको समितिले एक सातामा स्थानीय बेँसीगाउँ, जोरपाटी, कृष्ण मन्दिर, नारायणटार, अपाङ्ग पुनःस्थापना केन्द्रस्थित ‘बोधिसत्व इन एक्सन’ नाम आश्रयस्थलमा खाद्य सामग्री वितरण गरेको छ ।

कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि करीब ३ लाखको बजेट विनियोजन गरिएको समितिका अध्यक्ष टीका शेर्पाले जानकारी दिए । उक्त समितिले शनिबारदेखि एक हप्तासम्म बौद्ध, पशुपति, स्वयम्भूलगायत धार्मिकस्थलका पशुपन्छी, बाँदरलगायतलाई फलफूललगायत खानेकुरा वितरण गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.