कोरोनाभाइरसः गेमचेन्जर औषधि हाइड्रोक्सिक्लोरोक्विन १० लाख ट्याब्लेट नेपाल आउँदै
काठमाडौं। कोरोनाभाइरसको उपचारमा ‘गेमचेन्जर’ भनिएको औषधि हाइड्रोक्सिक्लोरोक्विनको १० लाख ट्याब्लेट नेपाल आउने भएको छ। यो औषधिको सबैभन्दा ठूलो उत्पादक देश भारतले नेपाललाई १० लाख ट्याब्लेट औषधि दिने भएको छ। समाचार एजेन्सी एएनआइले यसबारे जानकारी दिएको हो।
भारतले पहिलो चरणमा यो औषधि १३ देशलाई दिने भएको छ। तीमध्ये एक देश नेपाल पनि हो जसले १० लाख ट्याब्लेट औषधि पाउनेछ। यो औषधि खासमा औलो अर्थात मलेरियाको उपचारमा प्रयोग हुन्छ। तर, यसमा भएको एन्टिभाइरल विशेषताले कोरोनाभाइरसको उपचारमा अत्यन्तै प्रभावकारी काम गरेको डाक्टरहरुले बताएका छन्।
Bangladesh will get 20 lakh tablets of Hydroxychloroquine, Nepal 10 lakh, Bhutan 2 lakh, Sri Lanka 10 lakh (not in first consignment), Afghanistan 5 lakh, and Maldives 2 lakh: Sources
— ANI (@ANI) April 10, 2020
यसअघि भारतले यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार आग्रह गरेपछि भारतले यो औषधि निर्यात फुकुवा गरेको हो। यो औषधिलाई ‘गेमचेन्जर’को ट्याग पनि अमेरिकी राष्ट्रपति ट्रम्पले नै दिएका हुन्।
उनले त कोरोनाभाइरस संक्रमितहरुलाई यो औषधि सेवन गर्न खुला रुपमा आग्रह नै गर्दै आएका छन्। डाक्टरहरुले भने यो औषधि कोरोनाभाइरसको उपचारमा अत्यन्तै प्रभावकारी देखिएको भए पनि कोरोनाभाइरसकै उपचारको लागि बनेको नभएकोले डाक्टरको प्रेस्क्रिप्सनबिना सेवन नगर्न आग्रह गरिरहेका छन्। यद्यपि डाक्टरले स्वीकृति दिएमा भने यो औषधि सेवन गर्न सकिने उनीहरुले बताएका छन् ।
India has cleared first list of 13 countries for Hydroxychloroquine. USA had asked for 48 lakh tablets of HCQ, India has sanctioned 35.82 lakh tablets. India has also sent 9MT API to US, as per their request: Sources
— ANI (@ANI) April 10, 2020
भारतले पहिलो चरणमा १३ देशलाई औषधि उपलब्ध गराउनेछ। एएनआइका अनुसार भारतले अमेरिकालाई ३५ लाख ८२ हजार ट्याब्लेट दिने जनाएको छ। अमेरिकाले भारतसँग ४८ लाख ट्याब्लेट मागेको थियो। ब्राजिल र क्यानडामा ५०–५० लाख ट्याब्लेट पठाइनेछ।
यी दुई देशले भने दोस्रो चरणमा औषधि पाउनेछन् । नेपालले १० लाख, बंगलादेशले २० लाख, भुटानले २ लाख, श्रीलंकाले १० लाख, अफगानिस्तानले ५ लाख र माल्दिभ्सले २ लाख हाइड्रोक्सिक्लोरोक्विन ट्याब्लेट पाउनेछन् । श्रीलंकाले भने पहिलो कन्साइनमेन्टमा यो औषधि पाउने छैन।







डिसी नेपाल







Facebook Comment