महामारीको बीचमा किम जोंग उन बिरामी भएको रिपोर्टले तरंग, महत्वपूर्ण कार्यक्रममा गएनन्

डिसी नेपाल
६ वैशाख २०७७ १०:२३

काठमाडौं। विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको छ । तर, उत्तर कोरियाले भने आफ्नो देशमा एक जना पनि संक्रमित नभएको दावी गरिरहेको छ । उत्तर कोरियाको यो दावीलाई बाँकी विश्वले भने विश्वास गरिरहेको छैन । रहस्यमय मानिएको देश उत्तर कोरियाको अविश्वसनीय दावीलाई लिएर विश्व सशंकित भएका बेला देशको एक महत्वपूर्ण कार्यक्रममा यहाँका सर्वोच्च नेता किम जोंग उन उपस्थित नभएपछि विश्वमा अर्को तरंग आएको छ ।

देशको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिलाई लिएर अन्तर्राष्ट्रिय जगतमा विभिन्न प्रश्नहरु उठेका छन् । अन्तर्राष्ट्रिय मिडियाले स्रोतको हवाला दिँदै किम जोंग उन बिरामी भएको र उनी घरबाट बाहिर निस्किने अवस्थामा नरहेको आशंका गरेका छन् । उत्तर कोरियाले बुधबार आफ्ना संस्थापक नेता र किम जोंगका हजुरबुवा किम इल सुंगको जयन्ती मनाएको थियो । यो दिनलाई उत्तर कोरियामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ र देशैभरी सार्वजनिक विदा दिइन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कमसुसन प्यालेसमा बनाइएको किम इल सुंगको समाधिमा पुष्प अर्पण गर्नको लागि बुधबार देशका सबै शीर्ष नेता र अधिकारीहरु पुगेका थिए तर किम जोंग उन भने उपस्थित थिएनन् । यसअघिका वर्षहरुमा भने यो दिन किम जोंग सधैं त्यहाँ पुग्थे र केही समय बिताउँथे । किम जोंगले त्यहाँ गर्ने गतिविधिलाई मिडियामा प्रमुखताका साथ देखाइन्थ्यो तर यस वर्ष भने मिडियामा जारी गरिएका फोटो र भिडियोमा किम जोंग थिएनन् । यससँगै ३६ वर्षका किम जोंग उनको स्वास्थ्यलाई लिएर आशंका सुरु भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.