कुन कुन देशमा हट्दैछ लकडाउन ? कसरी भइरहेछ सामान्य जीवन फर्काउने तयारी ?
WUHAN, CHINA - FEBRUARY 03: (CHINA OUT) A man cross an empty highway road on February 3, 2020 in Wuhan, Hubei province, China. The number of those who have died from the Wuhan coronavirus, known as 2019-nCoV, in China climbed to 361 and cases have been reported in other countries including the United States, Canada, Australia, Japan, South Korea, India, the United Kingdom, Germany, France, and several others. (Photo by Getty Images)
काठमाडौं। कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै अधिकांश देशमा लकडाउन छ । तर, लकडाउनले आर्थिक क्षेत्र र आम नागरिकको जीवनशैलीलाई नराम्ररी प्रभावित पारेसँगै केही देशले सीमित कडाइहरु कायम राख्दै लकडाउन हटाउने तयारी थालेका छन् ।
जर्मनी, डेनमार्क, अष्ट्रिया, स्पेनले लकडाउन हटाउने तयारी गरिरहेका छन्। केहीले पूर्ण रुपमै लकडाउन हटाउने रणनीति बनाइरहेका छन् भने केहीले भने नागरिकको चहलपहलमा लगाएको कडा नियम खुकुलो बनाएर जोखिमको आधारमा व्यापारिक, शैक्षिक र अन्य क्षेत्रहरु खुल्ला गर्दै जाने रणनीति बनाएका छन् ।
जर्मन चान्सलर एंजेला मार्केलले आफू विस्तारै प्रतिबन्धहरु हटाउँदै अगाडि बढ्न चाहेको बताएकी छिन्। उनले सामाजिक दुरीको नियम पालना गर्दै घरबाट बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरिन् । उनलेसाना पसल, गाडि र मोटरसाइकलका शोरुम खोल्ने बताइसकेकी छिन्। उनले सार्वजनिक सवारीसाधन समेत सुचारु गर्ने बताइसकेकी छिन्।
जर्मनीमा ४ मे पछि विद्यालय खोल्ने तयारी शुरु भइसकेको छ। ३१ अगस्तसम्म ठूला धार्मिक कार्यक्रम या ब्यक्तिगत भेला भने गर्न पाइने छैन। सामाजिक दुरी कायम गरेकाले नै कोरोना भाइरस संक्रमणको क्षति रोक्न सकेको उनले बताएकी छिन्। जर्मनमा कोरोना संक्रमणबाट तीन हजार २ सय जनाको ज्यान गएको छ।
डेनमार्कमा ११ वर्षसम्मका बालबालिकाको बिद्यालय खुलीसकेको छ। सफाइमा ध्यान दिन विशेष निर्देशन दिँदै नर्सरी तहका विद्यालय समेत खुलेका हुन् । अष्ट्रियाले पनि आगामी साताबाट साना पसलहरु खोल्न दिने भएको छ। लामो दूरी कायम गरेर खेलिने टेनिस, गल्फ खेल्न समेत उसले छुट दिने तयारी गरिरहेको छ। एक मेबाट यी खेल खेल्ने अनुमति दिइने तयारी छ । स्पनेले निर्माण र उत्पादनसम्बन्धी उद्योग खोल्ने तयारी गरेको छ। उसले घरेलु काम गर्ने मिस्त्रीहरुलाई समेत कामको अनुमति दिने तयारी गरेको छ ।







डिसी नेपाल








Facebook Comment