अमेरिका सरकारको एक प्रयोगमा कोरोनाभाइरस घाममा निकै छिटो मर्यो
काठमाडौं। अमेरिका सरकारको होमल्याण्ड सेक्युरिटी विभागको एक प्रयोगमा घाममा खोरोनाभाइरस निकै छिटो मरेको दावी गरिएको छ । यद्यपि यो प्रयोगको प्रारम्भिक नतिजा मात्र हो र यसको अन्तिम नतिजा आउन बाँकी नै छ । याहू न्यूजले प्रयोगसँग सम्बन्धित केही विवरण हासिल गरेको छ जसमा यो कुराको खुलासा भएको हो । यसअघि पनि वैज्ञानिकहरुले अधिक तापमा कोरोनाभाइरसको प्रभाव कम हुने वा मर्ने मान्दै आएका छन् ।
यो कुराको आधिकारिक पुष्टि भने अहिलेसम्म हुन सकेको छेन । अमेरिका सरकारको होमल्याण्ड सेक्युरिटी विभागको प्रयोगमा भने भाइरस अधिक तापमान वा अधिक आर्द्रतामा कोरोनाभाइरस धेरै समय नटिक्ने पाइएको छ । प्रयोगबाट प्राप्त विवरणमा भनिएको छ ‘दिनको उज्यालोमा बाहिरी वस्तुको सतहबाट कोरोना संक्रमणको खतरा कम पाइयो । घाममा कोरोना निकै मर्यो ।’ यद्यपि विवरणमा जहाँ आर्द्रता कम हुन्छ त्यहाँ संक्रमणको खतरा कम गर्न अतिरिक्त सावधानीको आवश्यकता पर्छ ।







डिसी नेपाल







Facebook Comment