सार्क राष्ट्रमा कोरोनाः भारतमा सबैभन्दा धेरै संक्रमित र मृत्यु, कुन देशमा कति ? (तालिका)

डिसी नेपाल
८ वैशाख २०७७ ११:४२
4
Shares

काठमाडौँ । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सार्क राष्ट्रमा मात्रै ८ सय ५८ जनाको ज्यान गएको छ।

यो सामाचार तयार पार्दासम्म नेपालसहित सार्कका ८ देशमा कोरोना संक्रमितको संख्या २९ हजार ७ सय ७४ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै मानिस भारतमा संक्रमित भएका छन् । र, धेरै भारतीयले ज्यान गुमाएका छन् । अन्य ७ देशमा भन्दा भारतमा ५,४५६ जना संक्रमित बढी छन् ।

भारतमा सबैभन्दा धेरै संक्रमित र मृत्यु

सार्क राष्ट्रमध्ये सबैभन्दा ठुलो राष्ट्र भारतमा कोरोना संक्रमण पनि बढी नै परेको छ । सोमबार मध्यान्हसम्म भारतमा १७,६१५ जना कोरोना संक्रमित फेला परेका छन् ।

जसमध्ये ५५९ संक्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यस्तै २,८५४ जना संक्रमित उपचारपछि घर पर्किएका छन् ।

पाकिस्तानमा ८,३४८ संक्रमित

पाकिस्तानमा कोरोना संक्रमण भारतमा भन्दा केही स्थिर छ । पाकिस्तानमा सुरुमै कोरोनाका बिरामी फेला परेको भएपछि भारतमा जस्तो कोरोना प्रभाव पाकिस्तानमा छैन। पाकिस्तानमा हालसम्म ८,३४८ जना संक्रमित फेला परेका छन् ।

जसमध्ये १६८ जना संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित मध्ये १,८६८ जना मानिस उपचारपछि घर फर्किएका छन् ।

अफगानिस्तानको राष्ट्रपति कार्यालयका ४० संक्रमित

सार्क राष्ट्रको कान्छो सदस्य अफगानिस्तानमा कोरोनाको संक्रमणबाट ३३ जना जनाले ज्यान गुमाएका छन् । हालसम्म अफगानिस्तानमा ९९६ जना संक्रमित फेला परेका छन् । संक्रमित मध्ये १३१ जना उपचारपछि घर फर्किएका छन् ।

आफगानिस्तानको राष्ट्रपति कार्यालयमा पनि कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार राष्ट्रपति कार्यालयका ४० जना बढी कर्मचारी संक्रमित छन् ।

श्रीलंकामा २७१ संक्रमित

सार्क सदस्य राष्ट्र श्रीलंकामा कोरोनाको संक्रमणबाट ७ जना जनताको ज्यान गएकोछ । सोमबार मध्यान्हसम्म श्रीलंकामा २७१ जना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्ये ९६ जना उपचारपछि घर पर्किएका छन् ।

बंगलादेशमा ९१ को मृत्यु

बंगलादेशमा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । सोमबार मध्यान्हसम्म बंगलादेशमा कोरोना भाइरसको संक्रमणबाट २,४५६ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ७५ जना बिरामी उपचारपछि घर पर्किएका छन् ।

भुटानमा शुन्य जस्तै कोरोना

सार्क राष्ट्रमध्ये छिमेकी मुलुक भुटानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा कम देखिएको छ । हालसम्म भुटानमा ५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २ जना संक्रमित उपचारपछि घर फर्किएका छन् भने ३ जनाको उपचार जारी छ । धेरै दिनदेखि भुटानमा कोरोना संक्रमित फेला परेका छैैनन् ।

माल्दिभ्समा ५२ संक्रमित

सार्क राष्ट्रमध्ये सबैभन्दा सानो देश माल्दिभ्समा हालसम्म ५२ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १६ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ । माल्दिभ्समा जम्मा ३ हजर ७ सय १४ जनाको मात्रै कोरोना परीक्षण भएको छ ।

नेपाल ३१ जना संक्रमित

कोरोनाको उद्गमस्थल चीन लगत्तै नेपालमा देखिएको कोरोना संक्रमणबाट सोमबार मध्यान्हसम्म ३१ जना संक्रमित भएका छन्। जसमध्ये ४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ।

संक्रमित मध्येपनि १९ जना भारतीय नागरिक रहेका छन् ।

नेपालमा हालसम्म २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ। नेपालमा र्यायापिड र स्वाब परीक्षणबाट कोरोना टेस्ट गरिँदै आइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.