भारतमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएको सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५४३ पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यसैगरी यस प्रकोपको प्रभावित भारतीय राजस्थान तेस्रो स्थानमा रहेको छ । राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ४७८ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा १४ जनाको मृत्यु भईसकेको छ ।
त्यसैगरी भारतको तमिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ४७७ जना भेटिएका छन् । यहाँका ४११ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा यसबाट ७० जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस कोरोना संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।
त्यसपछि पनि यहाँका उत्तरप्रदेश र केरला राज्यमा पनि ठूलो संख्याका संक्रमितहरु भेटिएका छन् । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ ।
| S. No. | Name of State / UT | Total Confirmed cases (Including 77 foreign Nationals) | Cured/Discharged/ Migrated |
Death |
|---|---|---|---|---|
| 1 | Andaman and Nicobar Islands | 15 | 11 | 0 |
| 2 | Andhra Pradesh | 646 | 42 | 15 |
| 3 | Arunachal Pradesh | 1 | 0 | 0 |
| 4 | Assam | 35 | 17 | 1 |
| 5 | Bihar | 93 | 42 | 2 |
| 6 | Chandigarh | 26 | 13 | 0 |
| 7 | Chhattisgarh | 36 | 25 | 0 |
| 8 | Delhi | 2003 | 72 | 45 |
| 9 | Goa | 7 | 7 | 0 |
| 10 | Gujarat | 1743 | 105 | 63 |
| 11 | Haryana | 233 | 87 | 3 |
| 12 | Himachal Pradesh | 39 | 16 | 1 |
| 13 | Jammu and Kashmir | 350 | 56 | 5 |
| 14 | Jharkhand | 42 | 0 | 2 |
| 15 | Karnataka | 390 | 111 | 16 |
| 16 | Kerala | 402 | 270 | 3 |
| 17 | Ladakh | 18 | 14 | 0 |
| 18 | Madhya Pradesh | 1407 | 127 | 70 |
| 19 | Maharashtra | 4203 | 507 | 223 |
| 20 | Manipur | 2 | 1 | 0 |
| 21 | Meghalaya | 11 | 0 | 1 |
| 22 | Mizoram | 1 | 0 | 0 |
| 23 | Nagaland | 0 | 0 | 0 |
| 24 | Odisha | 68 | 24 | 1 |
| 25 | Puducherry | 7 | 3 | 0 |
| 26 | Punjab | 219 | 31 | 16 |
| 27 | Rajasthan | 1478 | 183 | 14 |
| 28 | Tamil Nadu | 1477 | 411 | 15 |
| 29 | Telengana | 844 | 186 | 18 |
| 30 | Tripura | 2 | 1 | 0 |
| 31 | Uttarakhand | 44 | 11 | 0 |
| 32 | Uttar Pradesh | 1084 | 108 | 17 |
| 32 | West Bengal | 339 | 66 | 12 |
| Total number of confirmed cases in India | 17265* | 2547 | 543 | |
| *Our figures are being reconciled with ICMR | ||||







डिसी नेपाल








Facebook Comment