उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद

डिसी नेपाल
९ वैशाख २०७७ १३:५९

काठमाडौं। उदयपुरमा कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिपछि थप परीक्षणका लागि धरान पठाइएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो।

विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार धरान पठाइएको हो।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।

मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.