लक्षण देखिनुभन्दा कति दिन पहिलेदेखि कोरोना संक्रमितले भाइरस फैलाउन सक्छन् ?
काठमाडौं। कोरोनाभाइरस संक्रमितको संख्या विश्वमा लगातार बढिरहेको छ । यही बीचमा नयाँ दिल्लीस्थित एम्सका निर्देशक डा. रणदीप गुलेरियाले इण्डिया टुडेसँग कुरा गर्दै कोरोनाभाइरससँग सम्बन्धित खास जानकारी दिएका छन् । उनले संक्रमितहरुको आइसोलेसन अवधि र लक्षण नदेखिँदैको समयका सावधानीका बारेमा बताएका छन् ।
डा. गुलेरियाका अनुसार कोरोनाभाइरस संक्रमित कैयौं बिरामीमा निकै ढिलो मात्र यसको लक्षण देखिन्छन् । यसको लक्षण देखिनुभन्दा १ वा २ दिन पहिले पनि संक्रमितले अरुलाई संक्रमण सार्न सक्छन् । अहिलेसम्म देखिएका संक्रमितमध्ये १५ देखि २० प्रतिशत स.क्रमितहरु लक्षण नदेखिएकाहरुबाट संक्रमित भएका थिए ।
विशेषज्ञहरुका अनुसार धेरैजसो बिरामी ७ देखि १४ दिन आइसोलेसनमा राखेपछि ठिक हुन्छन् । तर, कहिलेकाहीँ दुर्लभ केसमा भने एक महिनासम्म आइसोलेसनमा राख्नु परेको छ । तर यता केस निकै दुर्लभ छन् ।







डिसी नेपाल







Facebook Comment