प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई

डिसी नेपाल
१० वैशाख २०७७ २२:४६

काठमाडौं । प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिने भएको छ । प्रहरी प्रधानकार्यालयले बुधबार सूचना जारी गर्दै मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्न निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कर्मचारी संगठन प्रति नकारात्मक टिका टिप्पणी प्रवाह गर्ने गरी संचालीत विभिन्न सामाजिक सञ्जालका ‘ग्रुप’मा सदस्यको रुपमा आवद्ध हुने पाइएको हुँदा आवद्ध भएका यस्ता ‘ग्रुप’बाट तत्कालै हट्न लगाइएको छ ।

प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीको सञ्चार माध्याम सम्बन्धी नीति २०६० को बुँदा (६)मा मिडियासँग कसले कुरा गर्ने सम्बन्धमा पनि स्पष्ट उल्लेख गरिएके हुँदा सो को कडाईका साथ कार्यान्वयन गर्दै तालुक कार्यालयबाट भएको निर्देशनहरुको वर्खिलाप गरी संगठनको गरिमा र मर्यादामाथि नै आँच आउने कार्यहरु गर्ने प्रहरी कर्मचारीहरु उपर प्रहरी नियमावली २०७१ बमोजिम शख्त कारवाही भइजाने व्यहोरा समेत निर्देशानुसार अनुरोध गरिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.