थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं । नेपालमा बिहिबार थप २ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ। थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
र्यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका क्रममा थप २ जनामा कोरोना संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। जनकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए। उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमितको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्। बिहिबार मात्र दुईजना निको भएर घर फर्किएका हुन्।







डिसी नेपाल







Facebook Comment