पाकिस्तानी महिला खेलाडी सना भईन क्रिकेट बाट बिदा
काठमाडौं । कोरोना भाइरस महामारीको बीचमा पाकिस्तान क्रिकेटबाट ठूलो खबर आएको छ। पाकिस्तानकी महिला क्रिकेटर सना मीरले क्रिकेटलाई अलविदा भनेकी छिन्। सना पाकिस्तान महिला क्रिकेट टीमको कप्तान पनि भइसकेकी छिन। सन्यास संगै सना मीरको १५ बर्षको क्रिकेट करियर समाप्त भएको छ। ३४ बर्षीय मिरले डिसेम्बर सन २००५ मा पाकिस्तानको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरीन र नोभेम्बर २०१९ मा बङगलादेश बिरूद्ध आफ्नो अन्तिम एकदिवसीय खेल खेलिन ।
सना मीरले पाकिस्तानका लागि कुल २२६ अन्तर्राष्ट्रिय खेलहरू खेलीन। उनीले १३७ खेल कप्तानको रुपमा खेलेकी थिईन। सनाले १२० एकदिवसीय खेलमा ३ अर्धसतकको मद्दतले १ हजार ६ सय ३० रन साथै १०६ टी २० खेलमा ८०२ बनाएकी छिन। सना पाकिस्तानको तर्फबाट सर्वाधिक एकदिवसीय रन प्रहार गर्ने तेस्रो खेलाडी पनी हुन्। बलिङको बारेमा कुरा गर्दा, उनले एकदिवसीय क्रिकेटमा १५१ विकेट र टी २० मा १०५ विकेट लिएका छिन ।
एक बयानमा सनाले भनिन् “पछिल्ला केही महिनाहरूमा मैले सोच्ने मौका पाएँ। मलाई लाग्छ यो सही समय हो। मैले खेल र आफ्नो देशलाई सर्वश्रेष्ठ प्रदान गरे।” मीरले भनिन् “म सबै समर्थक, स्टाफ, खेलाडीहरू, फिल्ड स्टाफ र पछाडिबाट सबै समर्थन गर्ने सबैको आभारी छु। म मेरा परिवार र आफन्तहरु लाई पनि धन्यवाद दिन्छु जसले मलाई बिना शर्त समर्थन गरे र पाकिस्तानको प्रतिनिधित्व गर्ने मेरो सपना पूरा गरे।”







डिसी नेपाल








Facebook Comment