डिएसपीलाई कुटपिट गर्ने सशस्त्रका दुई इन्सपेक्टरलाई गणमा तानियो, गुल्ममा अख्तियारको छापा
काठमाडौं । सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि ब्यारेकभित्रै कुटपिट गर्ने दुई प्रहरी निरीक्षकलाई २७ नंम्बर गणका तानेर अनुसन्धान थालिएको छ ।
रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्वय केशव भट्टराई र दयाराम पौडेललाई रुपन्देहीकै २७ नम्बर गणमा तानेर अनुसन्धान शुरु गरिएको हो। उनीहरुलाई अनुसन्धान शुरु गरेलगत्तै सो गुल्ममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । ब्यारेकमा रासन घोटला भएको उजुरी अख्तियारमा परेको थियो । सोही आधारमा अख्तियारले छापा मारेको स्रोतले जनाएको छ । गुल्मपतिका विरुद्ध प्रहरी निरीक्षक भट्टराईले अख्तियारमा उजुरी दिएको र सो विषमा यसअघि पनि उनीहरुबीच विवाद रहेको स्रोतले जनाएको छ ।
गत मंगलबार साँझ ब्यारेक बाहिरबाट मादक पदार्थ सेवन गरी डिएसपीमाथि कुटपीट गरेपछि ५ नं प्रदेशका डिआइजी नारायणदत्त पौडेलले उनीहरुलाई गणमा सरुवा गर्न र अनुसन्धान गर्न निर्देशन दिएका थिए । प्रहरी निरीक्षकद्वय सशस्त्र प्रहरीले ब्यारेकमा मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि ब्यारेकबाहिर निस्केर मादक पदार्थ सेवन गरी व्यारेक प्रवेश गरेका थिए। ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा उनीमाथि हातपात भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। हातपात गर्ने प्रहरी निरीक्षक पौडेल भने यसअघि पनि आफ्नै महिला सहकर्मीलाई हातपात गरेको अभियोगमा कारवाहीमा परेका थिए।







डिसी नेपाल







Facebook Comment