विश्वभर कोरोनाबाट २ लाख ३ हजारबढीको मृत्यु, संक्रमितको संख्या २९ लाख २० हजार नाघ्यो

डिसी नेपाल
१४ वैशाख २०७७ ६:४३

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट २ लाख ३ हजार २५५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै आइतबार बिहानसम्म २९ लाख २० हजार ७३८ जना मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९० हजार ७३१ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये १ लाख १८ हजार १६२ बिरामी उपचारपछि घर फर्किसकेका छन् । र, १५ हजार ११० संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.