भारतमा कोरोनाबाट ८२५ को मृत्यु, संक्रमितको संख्या २६ हजार नाघ्यो
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारीबाट ८२५ संक्रमितको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २६ हजार २८३ मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
भारतमा संक्रमितमध्ये ५ हजार ९३९ संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।
पछिल्लो २४ घण्टामा मात्रै १८३६ जना नयाँ संक्रमित फेला परेका छन् भने ४५ जनाको ज्यान गएको छ।
भारतमा हालसम्म ५ लाख ७९ हजार ९ सय ५७ जनामा कोरोना परीक्षण गरिएिको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment