बलिउड अभिनेता इरफान खानकी आमाको निधन
मुम्बइ। बलिउड अभिनेता इरफान खानकी आमाको निधन भएको छ । इरफानकी आमा सइदा बेगमको शनिबार निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी ९५ वर्षकी थिइन् र लामो समयदेखि बिरामी थिइन् । शनिबार बेलुका नै उनको अन्तिम संस्कार गरिएको बताइउको छ ।
लकडाउनका कारण मुम्बइमा रहेका इरफान जयपुर जान सकेनन् । उनले भिडियो कलबाट आमालाई अन्तिम विदाइ गरे । इरफानकी आमा जयपुरमा अन्य दुई छोरा इमरान र सलमानसँग बस्थिन् । सइदा कवियित्री पनि थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment