शाही दाजुभाईद्वारा गाउँपालिकालाई ५० हजारको स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । दैलेखको पश्चिममा रहेको ठाटिकाँध गाउँपालिका निवासी शाही दाजुभाई नविन कुमार शाही र हस्तबहादुर शाहीले कोरोना भाइरसका रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग गरेका छन् ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व उपाध्यक्ष नविन शाही र राष्ट्रिय बाणिज्य बैंक बिसालबजार शाखा काठमाडौंका सहायक शाखा प्रवन्धक हस्तबहादुर शाहीले संयुक्त रुपमा ५० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको ठाटिकाँध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले जानकारी दिए ।
‘जन्मीएको ठाउँलाई सक्दो सहयोग गर्नु पर्छ भन्ने उद्येश्यका साथ सानो सहयोग गरेका हौं । यो सहयोग नितान्त हामी दाजुभाईको व्यक्तिगत हो’ डिसी नेपालसँग कुरा गर्दै सहायक शाखा प्रवन्धक शाहीले भने ।
उनका अनुसार गाउँपालिकालाई ३ लिटर सेनिटाईजर, २० थान केएन ९५ मास्क, २ सय थान सर्जिकल मास्क, १० प्याकेट गोलोव्स र ३ थान आइआर थर्मामिटर सहयोग गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी तोलिजैसी गाविसका पुर्व अध्यक्ष समेत रहेका नविन कुमार शाहीले ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र भण्डारीलाई शनिबार उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।
विपद्को समयमा गाउँपालिकालाई सबैले सक्दो सहयोग गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।







डिसी नेपाल








Facebook Comment