नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौँ । नेपालमा थप दुई जना कोरोना भाईरस (कोभिड १९) पुष्टि भएको छ।
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै वीरगन्ज महानगरपालिका–२,३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको मन्त्रालयका सह प्रवक्त डा. समिरकुमार अधिकारीले बताएका छन् ।
यसअघि नेपालमा ४९ जना मानिसमा कोरोना संक्रमण देखिएको थियो । संक्रमितमध्ये १२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment