नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा शाही

डिसी नेपाल
१४ वैशाख २०७७ १८:४०

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा निरज बहादुर शाही नियुक्त भएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरीले जानकारी दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शाहीलाई मोबाइल नम्बर ९८५१२(९२१११ र ईमेल ठेगाना [email protected]  मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.