झापामा थप १ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१४ वैशाख २०७७ १९:०२

काठमाडौं । झापामा थप १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा झापा निवासी ५० वर्षिया पुरुषमा संक्रमण भएको पुष्टि भएको हो ।

हालसम्म पुष्टि भई विभिन्न अस्पतालमा उपचाररत १६ जना निको भएर घर फर्किसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.