आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भक्तपुर । आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो ।
निज उपर भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment