ज्ञानेन्द्र शाही सर्वोच्चको आदेशपछि रिहा

डिसी नेपाल
१६ वैशाख २०७७ १८:४१

काठमाडौं । राहत बाँढ्ने क्रममा ललितपुरबाट पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो ।

न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले मंगलबार शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो ।

सामाजिक अभियान्ता शाही लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए ।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.