लकडाउन उल्लंघन गर्ने १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा
फाइल फाेटाे।
काठमाडौं । उपत्यकामा लकडाउनको उलंघन गर्ने लकडाउन उल्लघंन गर्ने ३ सय ६७ महिला सहित १५ सय ९८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग रानीपोखरीका अनुसार आज विहान ६ बजे देखि साझ ०५स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको हो ।
यसै गरी १ हजार ८२ वटा दुई पाङ्ग्रे र १ सय ११ वटा चारपाङग्रे गरी ११ सय ९३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौमा सबै भन्दा बढी १ हजार ३८, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा १ सय ६ जनालाई नियन्त्रणमा लिइएको हो । ।
विश्वव्याप कोरोनाको महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेको छ । लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे ।







डिसी नेपाल








Facebook Comment