आज दिउँसो काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

डिसी नेपाल
१७ वैशाख २०७७ ८:३६

काठमाडौं । आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेसले आज बैशाख १७ गते दिउँसोे १ बजे केन्द्रीय समितिको बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले गत सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि मङ्गलबार बसेको काँग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.