इरफान खानलाई अमिताभ बच्चनदेखि अरविन्द केजरीवालसम्मको श्रद्धाञ्जली, कसले के लेखे ?

डिसी नेपाल
१७ वैशाख २०७७ १३:१८

काठमाडौं। बलिउड अभिनेता इरफान खानको आज ५४ वर्षको उमेरमा निधन भएको छ । यससँगै पूरै बलिउड शोकमा छ । इरफानले बुधबार मुम्बइको कोकिलाबेन अस्पतालमा अन्तिम सास लिए । कुशल अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता इरफानको निधनप्रति शोक व्यक्त गर्दै भारतको फिल्मी क्षेत्रदेखि राजनैतिक क्षेत्रका हस्तीहरुले पनि श्रद्धाञ्जली दिएका छन् । बलिउडका महानायक अमिताभ बच्चनदेखि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, कवि कुमार विश्वास लगायतले श्रद्धाञ्जली दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.