रोल्पामा बम विस्फोटमा परेर ४ बालबालिकाको मृत्यु
सांकेतीक तस्वीर
काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेका छन्।
घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष त्रिवेणी २ का वडाअध्यक्ष कविराज बुढाले जानकारी दिए। घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए । के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उनले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment